सोसल मिडिया
युनिकोड
दुई संसदीय समितिको बैठक बुधबार बस्दै छ। विधायन, व्यवस्थापन समितिको बैठक बिहान ११ बजेका लागि बोलाइएको छ। बैठकमा नवीकरणीय ऊर्जा तथा ऊर्जा दक्षता सम्बन्धी विधेयक, २०८१ मा दफावार छलफल हुनेछ।
बिहान साढे ११ बजे बस्ने संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिको बैठकमा स्थलगत अनुगमनको प्रतिवेदनको मस्यौदामाथि छलफल हुनेछ।
बुधबारकै लागि बोलाइएको अर्थ समितिको बैठक स्थगित गरिएको छ। बैठकमा समितिमा प्राप्त विधेयकको प्राथमिकता र कार्ययोजना सम्बन्धमा छलफल गर्ने कार्यसूची तय भएको थियो ।