सोसल मिडिया
युनिकोड
नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले नेपाली समाजमा आशा जगाउन सबै राजनीतिक दलहरु एक ठाउँमा उभिनुपर्ने बताएका छन्।
आइतबार काठमाडौँमा आयोजित एक कार्यक्रममा बोल्दै उनले नेपाल कहिल्यै पराधिन नभए पनि सुगौली सन्धिपछि धेरै भूभाग गुमाउनु परेको उल्लेख गर्दै ती भूभागलाई फिर्ता ल्याउने गरी आफूलाई बलियो बनाएर अघि बढ्न नेपालका राजनीतिक दलहरु सबै मिल्नुपर्ने बताए।
उनले नेपाल इतिहासको सबैभन्दा सुन्दर घडीमा रहेको र नेताहरु जनताको खरो प्रश्नभन्दा टाढा भाग्न नसक्ने अवस्था रहेकाले अब जनतामा आशा जगाउनका लागि साझा मनोविज्ञान बनाएर अघि बढनुपर्नेमा जोड दिए। महामन्त्री शर्माले युवाहरुमा पनि नयाँ आशा भर्ने काममा सबै राजनीतिक दलहरुले काम गर्नुपर्ने उल्लेख गरे।