झलनाथलाई ओलीको चीन भ्रमणको चासो, प्रष्ट पारे बिआरआई होइन 'ऋणको पासो'

बिहीबार, मंसिर ६, २०८१

नेकपा एकीकृत समाजवादी पार्टीका सम्मानित नेता झलनाथ खनालले प्रधानमन्त्री केपी ओलीको चीन भ्रमणलाई लिएर विवाद नगर्न सत्तारुढ दलहरुलाई अपिल गरेका छन्।

प्रधानमन्त्री केपी शर्मा ओलीको आगामी चीन भ्रमणको चर्चाका बीच चिनिया परियोजना बिआरआई बारे अहिले सत्तारुढ नेकपा एमाले र नेपाली कांग्रेसबीच मत बाझिएको छ।

यसै सन्दर्भलाई लिएर पूर्वप्रधानमन्त्रीसमेत रहेका खनालले आज विज्ञप्ति जारी गर्दै बीआरआईबारे अनावश्यक विवाद नगरी नेपालको राष्ट्रिय हितलाई सर्वोपरि राखेर अघि बढन् सुझाब दिएका छन्। 

बीआरआई सहयोगलाई पश्चिमा शक्तिहरुले चीनको विरुद्धमा 'ऋणको पासो' भनेर कुप्रचार गरी नेपाल र नेपालीको भाग्यमाथि खेलवाड गरिरहेको खनालको आरोप छ।

नेपालले उक्त सम्झौता गरेको ७ वर्ष पछिसम्म पनि नेपालका प्रमुख दलबीच यसबारे समान धारणा बनिसकेको छैन। 

प्रकाशित मिति: बिहीबार, मंसिर ६, २०८१  १९:४५
प्रतिक्रिया दिनुहोस्