सोसल मिडिया
युनिकोड
सत्तारुढ नेकपा (एमाले)को जागरणसभाअघि र्याली सुरु भएको छ । एमालेको काठमाडौं, भक्तपुर र ललितपुरका विभिन्न स्थानबाट भेला भएका कार्यकर्ताहरू भद्रकालीमा जम्मा हुँदैछन् ।
भद्रकालीबाट जागरणसभा हुनेस्थल दरबारमार्गतर्फ र्याली अघि बढेको छ ।
एमालेले अराजकताको अन्त्यका लागि खबरदारी गर्न लागिएको जनाएको छ । सत्तारुढ एमालेको नै सडकमा ओर्लिदा ट्राफिक व्यवस्थापन अस्तव्यस्त भएको छ ।
र्याली दरबारमार्ग पुगेर सभामा परिणत हुनेछ । सभाका प्रमुख वक्ता एमाले अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली छन् । सभामा एक लाख नागरिक भेला गर्ने एमालेले जनाएको छ ।