प्रधानमन्त्री ओलीले अमेरिकी खर्बपति एलन मस्कसँग गरे भर्चुअल वार्ता

शुक्रबार, मंसिर ७, २०८१

प्रधानमन्त्री केपी शर्मा ओलीले अमेरिकी खर्बपति व्यवसायी तथा सामाजिक सञ्जाल एक्सका मालिक एलन मस्कसँग भर्चुअल वार्ता गरेका छन् ।

प्रधानमन्त्री ओलीले सामाजिक सञ्जालमार्फत मस्कसँग कुराकानी भइरहेका जानकारी दिएका हुन् । मस्कले नेपालमा स्याटलाइट इन्टरनेट सेवासम्बन्धी काम गर्न इच्छा देखाइरहेका छन् ।

ओली र मस्कबीचको वार्तामा के कुराकानी भयो खुलाइएको छैन ।

प्रकाशित मिति: शुक्रबार, मंसिर ७, २०८१  २१:३९
प्रतिक्रिया दिनुहोस्