आफ्नो र उपेन्द्रको पार्टी प्रचण्डले एकसाथ फुटाएपछि बर्बराए बाबुराम

सोमबार, वैशाख २४, २०८१

जनयुद्धका सर्वोच्च कमाण्डर प्रचण्डले नै सरकारको नेतृत्व गरेको बेलामा पार्टीहरु विभाजन भएपछि नेपाल समाजवादी पार्टीका अध्यक्ष बाबुराम भट्टराईले आपत्ति प्रकट गरेका छन्। 

सामाजिक संजालमा बाबुरामले लेखेका छन्- जनयुद्धका सर्वोच्च कमाण्डरले नै सरकारको नेतृत्व गरेको वेला नेपालमा सांसद किनवेच, धाकधम्की, पार्टी टुटफुट, संविधान र कानूनको अपव्याख्या र बलात्कार आदि नांगो नाच देखिएको उल्लेख गर्दै यी सबै देख्दा सेतै दाह्रीवाला बुढा मार्क्सले आज आफ्नो जन्मदिन (मे ५) मा ब्रह्माण्डको कुनै कुनाबाट के भनिरहेका होलान् ? भनेर प्रश्न गरेका छन् ।

बाबुरामको नेसपा पनि फुटिसकेको छ। महिन्द्रा राय यादव र वागमती प्रदेशका मन्त्री गंगानारायण श्रेष्ठले बाबुरामको साथ छोडेका छन्। त्यस्तै उनका निकट सहयोगी विश्वदीप पाण्डे प्रचण्डको सचिवालयमा जागिर खान थालिसकेका छन्। 

प्रकाशित मिति: सोमबार, वैशाख २४, २०८१  ०७:५०
प्रतिक्रिया दिनुहोस्