राष्ट्रिय गौरवका आयोजनाहरूको अंग प्रधानमन्त्रीले आजै केलाउने 

आइतबार, मंसिर ९, २०८१

प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रिय गौरवका आयोजनाहरूको ब्रिफिङ लिने भएका छन् । 

राष्ट्रिय गौरवका आयोजनाहरूको अवस्थाबारे जानकारी लिन प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा आज दिउँसो ३ बजे बैठक बोलाइएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।

बैठकमा हाल सञ्चालनमा रहेका राष्ट्रिय गौरवका आयोजनाको प्रगति र आयोजना सञ्चालनका क्रममा आएको चुनौतीको विषयमा आयोजना प्रमुख र सरोकारवालासँग प्रधानमन्त्रीले ब्रिफिङ लिने बताइएको छ ।

नेपालमा सडक, सिँचाइ, जलविद्युत, सुरुङमार्गहरु लगायतका ठुला योजनाहरू राष्ट्रिय गौरवका आयोजनाका रूपमा सञ्चालनमा छन् ।

प्रकाशित मिति: आइतबार, मंसिर ९, २०८१  १०:४९
प्रतिक्रिया दिनुहोस्