सोसल मिडिया
युनिकोड
भैँसेपाटीमा भएको ‘हनी ट्रयाप’ घटनाले प्रहरीको भूमिकामाथि गम्भीर प्रश्न उठाउँदै ललितपुर जिल्ला अदालतमा आइतबार मुद्दा दर्ता भएको छ ।
प्रहरी उपरीक्षक (एसपी) कमल थापामाथि समेत छानबिन गर्नुपर्ने रायसहितको मुद्दा दर्ता गरिएको हो ।
प्रहरी निरीक्षक (इन्स्पेक्टर) बिनुकुमारी शाही यस घटनाको प्रमुख भूमिकामा रहेको आरोप छ । उनलाई सङ्गठित अपराध र आपराधिक लाभसम्बन्धी कसुरमा मुद्दा चलाइएको छ । तर, उनी फरार छिन् ।
भैँसेपाटी प्रहरी प्रभागकी तत्कालीन प्रमुख रहेकी शाहीमाथि पक्राउ पुर्जी जारी भइसकेको छ ।
घटनामा इटहरीका ताज इस्लाम, दर्शन पोखरेलसहितको समूहले ललितपुरका एक व्यवसायीलाई हनी ट्रयापमा पारी ३० लाख रुपैयाँ असुल्ने प्रयास गरेको खुलेको छ ।
ती व्यवसायीलाई ब्ल्याकमेल गरेर १० लाख रुपैयाँ खातामा ट्रान्सफर गरिएको थियो भने बाँकी रकमको चेक प्रहरीले बरामद गरेको छ ।
प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो सीआईबीले मंगलबार सरकारी वकिल कार्यालयमा अनुसन्धान प्रतिवेदन बुझाएको थियो । सोही आधारमा आइतबार ललितपुर जिल्ला अदालतमा मुद्दा दर्ता भएको हो ।