सोसल मिडिया
युनिकोड
मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई उपचारको लागि वीर अस्पताल लगिएको छ ।
अदालतको आदेश अनुसार उपचार गराउन प्रसाईंलाई अस्पताल लगिएको साइबर ब्यूरोका एक अधिकृतले जानकारी दिए ।
आइतबार काठमाडौं जिल्ला अदालतले क्यान्सरका बिरामी रहेका प्रसाईँलाई उचित उपचारको प्रबन्ध गर्न प्रहरीलाई निर्देशन दिएको थियो ।
सोही अनुसार प्रहरीले प्रसाईंलाई अस्पताल लगेको बताइएको छ। आइतबार उनलाई थप ५ दिन हिरासतमा राखेर अनुसन्धान गर्न प्रहरीलाई अनुमति दिएको छ ।