चीन जानुअघि सल्लाह लिन प्रधानमन्त्री ओलीले क-कसलाई डाके ?

आइतबार, मंसिर ९, २०८१

प्रधानमन्त्री केपी शर्मा ओलीले चीन भ्रमणमा जानुअघि पूर्वप्रधानमन्त्री र पूर्वपरराष्ट्रमन्त्रीहरूलाई छलफलका लागि बोलाएका छन्।

प्रधानमन्त्री ओलीले सोमबार बिहान ११ बजे पूर्वप्रधानमन्त्री, पूर्वपरराष्ट्रमन्त्री तथा परराष्ट्र मन्त्रालयका अधिकारीहरूलाई परामर्शका लागि बोलाएका हुन्।

प्रधानमन्त्री ओली यही मंसिर १७ गते चीन भ्रमणमा जाने कार्यक्रम छ। प्रधानमन्त्रीको भ्रमणका तयारीका लागि भन्दै परराष्ट्रमन्त्री आरजु राणाले आफ्नो स्वास्थ्य उपचारका लागि जापान जाने कार्यक्रम स्थगित गरेकी छन्।
 

प्रकाशित मिति: आइतबार, मंसिर ९, २०८१  २१:५२
प्रतिक्रिया दिनुहोस्