उकुसमुकुस भएका उपेन्द्र यादव अमेरिका हुँदै कतारबाट नेपाल उडे

सोमबार, वैशाख २४, २०८१

अमेरिकामा भएकै बेला यता पार्टी फुटेपछी उपेन्द्र यादवले हतारहतार गरेर अमेरिका छोडेका छन् ।

उपप्रधान तथा स्वास्थ्यमन्त्री उपेन्द्रलाई कतारका नेपाली राजदूतले नेपालका लागि शुभयात्रा भनेका छन् । उनका अनुसार राजनीतिक अवस्थाबारे उपेन्द्र गम्भीर छन् ।

अमेरिकाबाट फर्किदा यादव कतारको दोहामा ट्रान्जिटमा थिए। उकुसमुकुस भएका उनी बेचैन र हतास भएको राजदूतले बताए।

हिजै मात्र अशोक राईले सात माननीय सहित पार्टी विभाजनका लागि निर्वाचन आयोगमा निवेदन दिएका छन् । यादव आजै  काठमाडौ ओर्लिने छन् ।

प्रकाशित मिति: सोमबार, वैशाख २४, २०८१  ०९:११
प्रतिक्रिया दिनुहोस्