सोसल मिडिया
युनिकोड
राष्ट्रिय राजनीतिले हलचल मच्चाएकै बेला नेकपा (एकीकृत समाजवादी) का संसदीय दलका नेता माधवकुमार नेपालले संसदीय दलको बैठक बोलाएका छन् ।
आजै दिउँसो बस्नेगरी हतारहतार बैठक बोलाएका हुन् । जनता समाजवादी पार्टी (जसपा) विभाजित भएपछि त्यसको खतरा आफ्नो दलतर्फ नसोझियोस् भनेर सांसदहरूलाई सम्झाउनका लागि उनले दलको बैठक बोलाएको स्रोतले बतायो ।
एकीकृत समाजवादीमा सम्मानित नेता झलनाथ खनालसहित केही सांसद नेपालसँग असन्तुष्ट छन् ।