सोसल मिडिया
युनिकोड
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले मानव तस्करीमा मुछिएका एमाले नेता तथा कोशी प्रदेशका पूर्वमन्त्री लिलाबल्वभ अधिकारी छुटेकोप्रति संशय व्यक्त गरेको छ ।
आफ्ना सभापति रवि लामिछानेलाई भने महिना दिनभन्दा बढी लगातार म्याद थपेर हिरासतमा राखेर प्रतिसोध साँधेको रास्वपाले जिकिर गरेको छ ।
मानव तस्करीको आरोपमा पक्राउ परेका पूर्वमन्त्री अधिकारी सोमबार रिहा भएका थिए । उनलाई सोमबार जिल्ला सरकारी वकिलको कार्यालय काठमाडौंले मुद्दा नचलाउने निर्णय गर्दै हिरासतमुक्त गरेको थियो ।
रास्वपाका कार्यवाहक प्रवक्ता मनिष झाले मंगलबार पार्टी कार्यालयमा पत्रकार सम्मेलन गर्दै यस घटनाले रास्वपामाथि प्रतिशोध साँधिएको थप स्पष्ट पारेको दाबी गरे ।
उनले भने, ‘लिलाबल्वभ अधिकारीलाई छोड्ने घटनाले रास्वपामाथि प्रतिशोध साँधिएको थप स्पष्ट पारेको छ । जुन हामीले भन्दै आएका थियौँ । नत्र एमाले नेता छुट्दा हाम्रा सभापति किन छुटेनन् ?’
आफूहरूमाथि चौतर्फी प्रहार र भाला हान्ने काम भएको झाले बताए ।
झाले सभापति लामिछानेले सहकारीको व्याज तिरेको भौचरसहित प्रमाण भेटिएको विषयमा जवाफ दिँदै घेराबन्दी भएको बताए ।
उनले भने, ‘ब्याजै तिरेको भए पनि यसको सर्पोटमा डकुमेन्ट आएको छैन । माइन्युटहरू बाहिर आएको छैन । अहिले यसमा डिबेट गरेर अतिरन्जित गरेर काम छैन‚’ उनले भने ।