सोसल मिडिया
युनिकोड
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पोखरा महनगरपालिकाको कागजात नियन्त्रणमा लिएको छ।
कर्मचारी विदेश भ्रमणमा गएको र नक्कली बिलभरपाई बनाई पेश गरेको उजुरी परेपछि अख्तियार पोखराले कागजात नियन्त्रणमा लिएको हो।
उजुरीमा आर्थिक प्रशासन महाशाखा प्रमुख जयराम पौडेललगायतले नक्कली कागजात पेश गरेको उल्लेख गरिएको अख्तियारले जानकारी दिएको छ।
कार्तिक १९ देखि २४ गतेसम्म महानगरका १६ जना कर्मचारी भारत भ्रमणमा गएका थिए। ४ लाख रुपैयाँ पेश्की लिएर भारत गएका कर्मचारीको खर्च स्वीकृत भई फरफार भइसकेको महानगरले जनाएको छ।
महागनरका सूचना अधिकारी कृष्णप्रसाद तिवारीले अख्तियारबाट आएको टोलीले कर्मचारी भ्रमणको फाइल माग गरेको जानकारी दिए।