सोसल मिडिया
युनिकोड
जसपा विभाजनको तरङ्ग डल्लू पुगेको छ। अर्थमन्त्री वर्षमान पुन झलनाथ खनालको घर डल्लु पुगेका छन् । नेकपा एकीकृत समाजवादीका सम्मानीत नेता खनाललाई भेट्न पुन केहिबेर अघि मात्र डल्लु पुगेका हुन् ।
सत्ता साझेदार दल जनता समाजवादी पार्टी (जसपा) नेपाल विभाजन भएपछि अर्थमन्त्री पुन खनाल भेट्न जानुलाई अर्थपूर्ण रूपमा हेरिएको छ ।
जसपा फुटेपछि नेकपा एस पनि फुट्न सक्ने धेरैले आंकलन गरेका छन् । शंका र आंकलनका बीच खनाल भेट्न प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको दूत बनेर पुन खनाल निवास पुगेका हुन् । यता पार्टी अध्यक्ष माधव नेपालले आजै बैठक बोलाएका छन् ।