सोसल मिडिया
युनिकोड
शहरी विकाश मन्त्रालयका सचिव मणिराम गेलालले आजबाट अवकाश पाएका छन्। २०७७ मंसिर २५ गते नेपाल इन्जिनियरिङ सेवाको सचिवमा बढुवा भएका गेलाल ५८ वर्षे उमेर हदका कारण आजबाट अवकाश पाएका हुन्। उनले करिब ४ वर्ष नेपाल सरकारको सचिव बनेर काम गरे।
लो प्रोफ़ाईलमा बसेर काम गर्ने उनले जागिर खानुका अतिरिक्त अरु काम नगर्ने सचिव भनेर उनको टिप्पणी हुने गरेको छ। दोहोर्याएर सहरी सचिवको जिम्मेवारी पाएका उनी शहरी बाटै घर गएका हुन्। उनलाई मन्त्रालयले आजै मायाको चिनो दिएर दिउँसो दुई बजे गेलाल निवास भक्तपुर पुर्याउने चाँजोपाँजो मिलाएको छ।
गेलालले राष्ट्रिय सतर्कता केन्द्र, राष्ट्रिय पुननिर्माण प्राधिकरण, खानेपानी मन्त्रालय, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय लगायतका अड्डामा काम गरेको अनुभव बटुलेका छन्। उनी शहरी विकास तथा भवन निर्माण विभागको महानिर्देशक समेत भईसकेका व्यक्ति हुन्।