सोसल मिडिया
युनिकोड
प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारका मन्त्रीहरूको आज त्रैमासिक समीक्षा हुने भएको छ।
सोही समीक्षाका लागि प्रधानमन्त्री ओलीले आज अपराह्न ३ बजे मन्त्रिपरिषद्को बैठक बोलाएका छन्।
बैठक प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरवारमा बस्ने प्रधानमन्त्रीको सचिवालयले जनाएको छ।
प्रधानमन्त्री ओलीले गत भदौ २७ गते चालु आर्थिक वर्षमा गरिने मुख्य काम र हासिल हुने उपलब्धिका लागि उपप्रधानमन्त्रीद्वय र मन्त्रीहरू र नेपाल सरकारका मुख्यसचिवबीच कार्यसम्पादन सम्झौता गरेका थिए।
प्रधानमन्त्री ओली गत असार ३० गते प्रधानमन्त्रीमा नियुक्त भएका थिए ।