हिजोको भन्दा आज बढ्यो सुनको भाउ, कति पुग्यो तोलाको ?

सोमबार, वैशाख २४, २०८१

आज सोमबार सुन तोलाको १ लाख ३५ हजार ६ सय रुपैयाँ कायम भएपछि सुनको भाउ २०० ले बढेको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार अघिल्लो दिन तोलाको १ लाख ३५ हजार ४ सय रुपैयाँमा सुनको कारोबार भएको थियो । 

हिजो सुनको भाउ स्थिर रहेको थियो । सुनको भाउले वैशाख ९ गते प्रतितोला १ लाख ३९ हजार ३ सय रुपैयाँको उच्च रेकर्ड बनाएको थियो । चाँदीको मूल्य तोलामा २० रुपैयाँ बढेको छ । आइतबार प्रतितोला १ हजार ६४० मा कारोबार भएको चाँदी सोमबार १ हजार ६६० रुपैयाँ पुगेको छ ।

प्रकाशित मिति: सोमबार, वैशाख २४, २०८१  ११:२१
प्रतिक्रिया दिनुहोस्