सोसल मिडिया
युनिकोड
उपप्रधानमन्त्री समेत रहेका शहरी विकास मन्त्री प्रकाशमान सिंहले मन्त्रालयका सचिव मणीराम गेलालको बिदाई गरेका छन् ।
आज मन्त्रालयमा आयोजित बिदाई कार्यक्रममा सहभागी हुँदै मन्त्री सिंहले सचिव गेलालले राज्यलाई पुर्याएको योगदानको चर्चा गरेका थिए।
२०५२ जेठदेखि निजामती सेवामा प्रवेश गरेका गेलाल चार वर्ष अघि सचिव बढुवा भएका थिए। ५८ वर्षे उमेरहदका कारण गेलालले आजै बाट अवकाश पाएका हुन् । उनले २९ वर्ष ५ महिना २६ दिन सरकारी सेवामा बिताएका हुन् ।
गेलालले राष्ट्रिय सतर्कता केन्द्र, राष्ट्रिय पुननिर्माण प्राधिकरण, खानेपानी मन्त्रालय, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय लगायतका अड्डामा काम गरेको अनुभव बटुलेका छन्। उनी शहरी विकास तथा भवन निर्माण विभागको महानिर्देशक समेत भईसकेका व्यक्ति हुन्।