प्रधानमन्त्री ओलीले चीन भ्रमण स्वीकृत गराउन बोलाए मन्त्रिपरिषद् बैठक

बिहीबार, मंसिर १३, २०८१

प्रधानमन्त्री केपी शर्मा ओलीले आज (बिहीबार) का लागि मन्त्रिपरिषद् बैठक बोलाएका छन्। 

प्रधानमन्त्रीको सचिवालयका अनुसार बैठक अपराह्न ५ बजे सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बस्नेछ। 

बैठकले प्रधानमन्त्रीको आसन्न चीन भ्रमणका प्रतिनिधिमण्डल तथा एजेन्डाबारे निर्णय गर्ने सम्भावना छ। 

प्रधानमन्त्री ओली यही मंसिर १७ गते चीन प्रस्थान गर्ने तयारी भए पनि यसको औपचारिक निर्णय गर्न बाँकी छ। 

चिनियाँ राष्ट्रपति र प्रधानमन्त्रीसँग ओलीको भेटवार्ता १८ मंसिरमा हुने छ। ओलीले चीनमा चारदिन बिताउने छन् ।

आजको मन्त्रिपरिषद् बैठकमा चीन भ्रमणबाहेक सरकारका अन्य नियमित काम/कारबाहीका विषयमा छलफल हुने सम्भावना पनि छ। सचिव सरुवा हुने पनि बुझिएको छ।

आज बस्न लागेको मन्त्रिपरिषद् बैठक नियमित बैठक भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ। 

प्रकाशित मिति: बिहीबार, मंसिर १३, २०८१  ०९:२३
प्रतिक्रिया दिनुहोस्