उपप्रधानमन्त्रीबाट बर्खास्त हुने पहिलो व्यक्ति बन्दै उपेन्द्र !

सोमबार, वैशाख २४, २०८१

पार्टी अध्यक्ष उपेन्द्र यादव अमेरिकैमा भएका बेला जनता समाजवादी पार्टी नेपाल फुट्यो। उपप्रधानमन्त्री सहित स्वास्थ्य मन्त्री समेत रहेका अध्यक्ष यादव नेपाल आउँदा नआउँदै बर्खास्तमा पर्ने भएका छन्। सत्ता साझेदार दल एमालेका अध्यक्ष केपी ओलीले प्रधानमन्त्री प्रचण्डलाई जतिसक्दो चाँडो बर्खास्त गर्न भनेका छन्। यदी प्रचण्डले उनलाई बर्खास्त गरे उनी  बर्खास्तमा पर्ने नेपालकै पहिलो उपप्रधानमन्त्री बन्नेछन् ।

 उपेन्द्रको ठाउँमा नयाँ पार्टी बनाएका सांसदहरुमध्येबाट एक जनालाई मन्त्री बनाउन ओलीको दबाब रहेको बुझिएको छ। ओलीले उपेन्द्र नेपाल झर्नुअघि नै मन्त्रीबाट चैट् बनाईदिन दबाब दिएपछि प्रधानमन्त्री दाहाल यतिवेला दबाबमा छन् ।

यादव आजै साँझ काठमाडौं आईपुग्ने बताईएको छ । ओलीले आफ्नो पार्टीको तर्फ बाट सरकारको नेतृत्व गरिरहेका उपप्रधान तथा भौतिकमन्त्री रघुबीर महासेठको सहोदर सालो बीरेन्द्र महतोलाई स्वास्थमन्त्री बनाउन दबाब दिएको श्रोतको भनाई छ। बीरेन्द्र उपेन्द्रको पार्टी फुटाउने ७ माननीय मध्येका एक हुन्। उनी यसअघि वन मन्त्री थिए। तर, प्रदीप यादवलाई स्वास्थ्यमन्त्री बनाउने आन्तरिक सहमति भएको श्रोतको दाबी छ।

गठबन्धन भत्काउन लागेको सूचना पाएपछि नै प्रधानमन्त्री दाहाल र ओलीले जसपा विभाजनको कठोर निर्णय लिएको बताईन्छ।

त्यसमाथि पनि उपेन्द्र ज्यादा चम्किएको सूचनाले ओली उनीप्रति उग्र बनेका हुन्। उपेन्द्रपछि आफूमाथि पनि प्रहार हुने सूचना पाएका माधव नेपालले आज आकस्मिक रुपमा संसदीय दलको बैठक बोलाएका छन् ।

उता, प्रचण्डले झलनाथ भेट्न अर्थमन्त्री बर्षमान पुनलाई डल्लु पठाएका छन्। प्रचण्डले आजै ४ बजे क्याबिनेट पनि बोलाएका छन्। 

प्रकाशित मिति: सोमबार, वैशाख २४, २०८१  १२:३२
प्रतिक्रिया दिनुहोस्