पोखराबाट रवि लामिछानेको आजै काठमाडौँ सवारी चलाईने

बिहीबार, मंसिर १३, २०८१

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति, पूर्व उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेलाई आज काठमाडौं ल्याइने भएको छ । लामिछानेलाई आज साँझ बुद्ध एयरको जहाजबाट काठमाडौं ल्याउने तयारी रहेको बताइएको छ ।

सहकारी ठगी, संगठित अपराधलगायतका कसुरमा गत कार्तिक २ गते पक्राउ परेका लामिछाने कास्की प्रहरीको हिरासतमा छन् । लामिछानेविरुद्ध सहकारी ठगी प्रकरणमा काठमाडौंमा पनि पक्राउ पुर्जी जारी भएपछि उनलाई ल्याउन लागिएको हो ।

प्रकाशित मिति: बिहीबार, मंसिर १३, २०८१  १६:२५
प्रतिक्रिया दिनुहोस्