प्रधानमन्त्री ओली १७ गते चीन जाने पक्का, क्याबिनेटले गर्यो निर्णय

बिहीबार, मंसिर १३, २०८१

मन्त्रिपरिषद बैठक सकिएको छ । बैठकले प्रधानमन्त्री केपी शर्मा ओलीको चीन भ्रमण स्विकृत गरेको एक मन्त्रीले जानकारी दिए । प्रधानमन्त्री ओली यही मंसिर १७ गते चीन भ्रमणमा जाँदैछन् ।

उनी मंसिर २० गते स्वदेश फर्किने कार्यतालिका छ । आफ्नो चीन भ्रमणको तयारीको लागि प्रधानमन्त्री ओलीले आजमात्रै परराष्ट्रमन्त्री डा. आरजु राणा देउवालाई चीन पठाएका छन् । राणा आजै चीनको छेन्दुमा पुगेकी हुन् ।

प्रकाशित मिति: बिहीबार, मंसिर १३, २०८१  १८:४८
प्रतिक्रिया दिनुहोस्