सुरक्षण मुद्रणमा भ्वांग पार्ने विकललाई आठ वर्ष कैद सजाय

बिहीबार, मंसिर १३, २०८१

सुरक्षण मुद्रण केन्द्रका तत्कालीन कार्यकारी निर्देशक विकल पौडेलविरुद्ध आठ वर्ष कैद सजायको फैसला आएको छ। बिहीबार विशेष अदालतका अध्यक्ष टेकनारायण कुँवर र सदस्यहरू तुलसीप्रसाद थारु, रितेन्द्र थापाले उक्त सजाय निर्धारण गरेका हुन्।

कात्तिक १४ गते दोषी ठहर भएका पौडेलसहित राष्ट्रिय सूचना प्रविधि केन्द्रका तत्कालीन निर्देशक सफल श्रेष्ठलाई पनि आठ वर्ष कैद र तीन करोड ४२ लाख २२ हजार ८ सय रुपैयाँ जरिवाना तथा सोही रकम बराबरको विगो रकम भराउन आदेश जारी भएको हो।

उनीहरूमाथि अन्त:शुल्क स्टिकर खरिदमा अनियमितता गरेको अभियोगमा अख्तियार दुरूपयोग अनुसन्धान आयोग टंगालले गत असार ९ गते पौडेलसहित १२ जनाविरूद्ध मुद्दा दायर गरेको थियो।

प्रकाशित मिति: बिहीबार, मंसिर १३, २०८१  २१:११
प्रतिक्रिया दिनुहोस्