वल्लो घरमा सुताएर रविको पल्लो घरमा बयान लिईने

बिहीबार, मंसिर १३, २०८१

सहकारी ठगी प्रकरणमा अनुसन्धानका लागि काठमाडौं ल्याइएका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलाई भद्रकालीस्थित प्रहरी कार्यालयमा राखिएको छ। 

बुद्ध एयरको उडानमार्फत बिहीबार साँझ काठमाडौं ल्याइएका उनलाई भद्रकालीस्थित प्रहरी कार्यालयमा राखिएको जिल्ला प्रहरी परिसर, काठमाडौंका एसपी नवराज अधिकारीले जानकारी दिए । उनको शुक्रबारबाट जिल्ला सरकारी वकिलको कार्यालय, काठमाडौंमा बयान हुने बताइएको छ । सरकारी वकिल कार्यालय पनि जिल्ला प्रहरी कार्यालय आसपासमै छ। दुवै कार्यालय वल्लोपल्लो घरमा छन्। 

कालिमाटीस्थित स्वर्णलक्ष्मी सहकारीको अपचलनमा  लामिछानेविरुद्ध २ मंसिरमा पक्राउ पूर्जि जारी भएपछि उनलाई थप अनुसन्धानका लागि बयान लिन लागिएको हो ।   उनीसँगै पक्राउ पूर्जी  जारी भएका अर्का आरोपी छविलाल जोशीलाई भने बयान लिएर  पोखरा फिर्ता पठाइसकिएको  छ ।

पोखराको सूर्यदर्शन सहकारी ठगी प्रकरणमा  २ कात्तिकमा पक्राउ परेका उनी हाल कास्की प्रहरीको हिरासतमा रहँदै आएका छन्  ।

प्रकाशित मिति: बिहीबार, मंसिर १३, २०८१  २१:२३
प्रतिक्रिया दिनुहोस्