सोसल मिडिया
युनिकोड
प्रधानमन्त्री केपी शर्मा ओलीको चीन भ्रमण मन्त्रिपरिषद्बाट स्वीकृत भएको छ । बिहीबार साँझ बसेको बैठकले मंसिर १७ देखि २३ गतेसम्म हुने भ्रमणलाई स्वीकृति दिएको एक मन्त्रीले जानकारी दिए।
ती मन्त्रीका अनुसार , भ्रमण दलमा ८७ जना रहने छन् । मन्त्रीहरूबाट परराष्ट्रमन्त्री आरजु राणामात्र रहने छिन् । अन्य मन्त्री प्रधानमन्त्री ओलीको भ्रमण दलमा अटाएका छैनन्।
सरकारी टोलीमा प्रधानमन्त्री पत्नी राधिका शाक्य, परराष्ट्रमन्त्री आरजु राणा देउवा, प्रधानमन्त्रीका मुख्य सल्लाहकार विष्णु प्रसाद रिमाल, आर्थिक सल्लाहकार युवराज खतिवडा, सांसद अर्जुन नरसिंह केसी, श्याम कुमार घिमिरे, लिलानाथ श्रेष्ठ, बिजुला रायमाझी, रेखा शर्मा, वीरेन्द्र प्रसाद महतो, दीपक कार्की, सर्वेन्द्र नाथ शुक्ला, रञ्जिता श्रेष्ठ, मुख्यसचिव एकनारायण अर्याल, सचिवहरू रामप्रसाद घिमिरे, अमृत बहादुर राई रहेका छन् ।
यस्तै लगानी बोर्डका सीईओ सुशील ज्ञवाली, मदन भण्डारी विज्ञान तथा प्रविधि विश्वविद्यालयका सहप्राध्यापक पद्मसुन्दर जोशी, प्रधानमन्त्रीका निजी चिकित्सक दिव्या सिंह शाह, प्रमुख स्वकीय सचिव राजेश बज्राचार्यसहित अन्य सरकारी अधिकारीहरू कृष्ण प्रसाद ढकाल, विष्णु प्रसाद गौतम, मणिरत्न शर्मा, उदय पोखरेल, कमल रावल, ऋचा भट्टराई, जानकी ओझा, सुजन लामिछाने, विनोद खनाल, जयश्री शाक्य र अनिता सिंह रहनेछन् । अन्यमा निजी क्षेत्रका प्रतिनिधी रहनेछन्।