देशमा पश्चिमी वायुको सामान्य प्रभाव, कस्तो हुन्छ आजको मौसम ?

शनिबार, मंसिर १५, २०८१

हाल देशमा पश्चिमी वायुको सामान्य प्रभाव रहेको छ । शनिबार बिहान देशभर मौसम मुख्यतया सफा रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

शनिबार दिउँसो कोशी प्रदेश, गण्डकी प्रदेश र कर्णाली प्रदेशका पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागमा मौसम मुख्यतया सफा रहने पूर्वानुमान छ । कोशी प्रदेशको उच्च पहाडी तथा हिमाली भू–भागका एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना पनि रहेको महाशाखाले जनाएको छ ।

शनिबार राति पनि कोशी प्रदेश, गण्डकी प्रदेश र कर्णाली प्रदेशका पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागमा मौसम मुख्यतया सफा रहने प्रक्षेपण छ ।

साथै, राति पनि गण्डकी प्रदेश र कर्णाली प्रदेशका उच्च पहाडी तथा हिमाली भू–भागका एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ ।

प्रकाशित मिति: शनिबार, मंसिर १५, २०८१  ०८:३८
प्रतिक्रिया दिनुहोस्