अध्यागमनका ९ शाखा अधिकृतलाई विशेष अदालतले छर्कियो सुनपानी

शनिबार, मंसिर १५, २०८१

नक्कली कागजात तयार पारेर भिजिट भिसामा विदेश पठाएको मुद्दामा नरवीर खड्कासहित ९ जना अध्यागमन अधिकृतले अदालतबाट सफाइ पाएका छन्।

काठमाडौँ जिल्ला अदालतका न्यायाधीश राम प्रसाद शर्माको इजलासले शुक्रबार खड्कासहित विमल पौडेल, ताराबहादुर कुँवर, कुशल बराल, शैलेन्द्र ढकाल, विष्णु अर्याल, विकाश डंगोल, पिताम्बर रिमाल र सुजन फागोलाई सफाइ दिएको हो।

त्रिभुवन विमानस्थल अध्यागमन कार्यालयमा कार्यरत रहँदा उनीहरूले भिजिट भिसामा विदेश पठाउने गिरोहसँग मिलेर आर्थिक लेनेदन गरेको अभियोग लागेको थियो।

लिखत किर्ते तथा संगठित अपराधसम्बन्धी कसुरमा गीता शाह, अरुण दाहाल, सरोज कुमार यादव र गणेश पाण्डेलाई भने अदालतले दोषी ठहर गरेको छ। सजाय निर्धारण गर्न भने बाँकी छ।

प्रकाशित मिति: शनिबार, मंसिर १५, २०८१  १२:४१
प्रतिक्रिया दिनुहोस्