वर्तमान सरकार तत्कालै नढल्ने दाबी गर्दै अर्थमन्त्रीले अरु के-के सुनाए ?

शनिबार, मंसिर १५, २०८१

अर्थमन्त्री विष्णु पौडेलले वर्तमान सरकार तत्कालै नढल्ने दाबी गरेका छन् । उनले सरकार कतिबेला परिवर्तन होला भन्ने आशंका उब्जिएको हुनसक्ने भन्दै वर्तमान कांग्रेस र एमालेको समिकरण आगामी ०८४ को निर्वाचनसम्म कायम रहने दाबी गरेका हुन् ।

आज (शनिबार) गृहजिल्ला रुपन्देहीमा आयोजित रुपन्देही उद्योग संंघको ४७औं स्थापना दिवसको अवसरमा आयोजित कार्यक्रममा सम्बोधन गर्दै अर्थमन्त्री पौडेलले यस्तो दाबी गरेका हुन् ।

एमालेका उपाध्यक्षसमेत रहेका मन्त्री पौडेलले भने,”हिजो छिनछिनमा सरकार परिवर्तन भइरहेको हुनाले यो सरकार पनि परिवर्तन हुन्छ भन्ने कतिलाई भ्रम छ, म तपाईंहरुलाई बडो आत्मविश्वासका साथ भन्छु-यो सरकार, यो समीकरण, काँग्रेस—एमालेबिचको समीकरण ०८४ मा हुने निर्वाचन नहुन्जेलसम्म जारी रहन्छ । कोही कसैले कहीँ पर्दाभित्र, पर्दा बाहिर कसैले कुनै कोसिस नगरे हुन्छ, यो सरकार, यो समीकरणको सहयात्राको विकल्पमा कुनै कोसिस नगरे हुन्छ, त्यो व्यर्थको कोसिस हो ।”

प्रकाशित मिति: शनिबार, मंसिर १५, २०८१  २०:१४
प्रतिक्रिया दिनुहोस्