सोसल मिडिया
युनिकोड
काठमाडौँको स्वर्णलक्ष्मी सहकारी ठगीको पनि आरोप लागेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेसँग आज (आइतबार) दोस्रो दिन पनि बयान लिने क्रम जारी छ।
जिल्ला सरकारी वकिल कार्यालय काठमाडौँका प्रमुख सन्देश श्रेष्ठले अहिले बयान चलिरहेको जानकारी दिए।
उनका अनुसार आज पनि बयान सकिने सम्भावना कम छ। ‘आज पनि बयान सकिन गाह्रो छ’, उनले भने।
बयानका लागि पोखराबाट शुक्रबार काठमाडौँ ल्याइएका पूर्वगृहमन्त्रीसमेत रहेका लामिछानेसँग त्यस दिन ६ घण्टा बयान लिएर हिरासत जिल्ला प्रहरी परिसर काठमाडौँ फर्काइएको थियो।
हिजो शनिबार परेकाले बयान लिइएन।
आज जिल्ला सरकारी वकिल कार्यालय खुलेकाले उनलाई बयानका लागि फेरि त्यहाँ लगिएको हो।
काठमाडौँमा जारी बयान सकिएपछि उनलाई पुनः पोखरा नै फर्काइने छ।