सोसल मिडिया
युनिकोड
काठमाडौँ महानगरपालिका वडा नम्बर १६ मा ठूला दललाई पराजित गर्दै रास्वपाकी रोजिना श्रेष्ठ विजयी भएकी छन्।
एक हजार पाँचसय ८४ मत ल्याएर श्रेष्ठ विजयी हुँदा कांग्रेसका देवेन्द्र पाठकले एक हजार ३०४ मत ल्याएका छन्।
एमालेका लक्ष्मीरत्न तुलाधरले १ हजार २१८ पाएका छन्।
०७९ सालको निर्वाचनमा काठमाडौँ १६ मा कांग्रेसका मुकुन्द रिजाल ४ हजार १९ मत ल्याएर निर्वाचित भएका थिए।
त्यतिबेला लक्ष्मी रत्न तुलाधरले ३ हजार ३१० र एकीकृत समाजवादीका लक्ष्मण हमालले १ हजार ५८९ मत ल्याएका थिए।