सोसल मिडिया
युनिकोड
एमालेमा फर्किन रहर गरेका वामदेव गौतमले आठ महिनादेखि निम्तो कुरेर बसेको बताएका छन् । एमाले अध्यक्ष केपी शर्मा ओलीले पार्टीमा फर्किन चाहने वामदेव गौतमको भावनाको सम्मान गर्ने बताएका छन् ।
सोमबार काठमाडौंमा आयोजित ‘सिद्धिनाथ ज्ञवाली स्मृति ग्रन्थ’ विमोचन कार्यक्रमलाई सम्बोधन गर्दै गौतमले आफू पुन: एमालेमा फर्किन आतुर रहेको बताएका थिए ।
त्यसमा जवाफ दिँदै ओलीले भने गौतमको एकताको भावनालाई सम्मान गर्ने बताएका हुन् । “वामदेवजीको भावनाको सम्मान गर्छु, उहाँले एकताको भावना व्यक्त गर्नुभएको छ । वामदेवजी नेकपा एकता महाअभियानको संयोजक पनि हुनुहुन्छ । त्यो तपाईंको अभियान सफल होस् ।”
एमाले-माओवादी केन्द्रबीच एकता भएर २०७५ सालमा बनेको नेपाल कम्युनिष्ट पार्टी (नेकपा) फुटेपछि त्यसबेला उपाध्यक्ष रहेका गौतमले २०७८ भदौ १८ गते पार्टी परित्याग गरेका थिए । उनले पार्टी छोडेको ३१ महिना भएको छ। तर, ओली उनलाई फर्काउन खासै तयार नभएको एमालेजन बताउँछन् ।