टोखा-छहरे सुरुङ्गमार्ग बनाईदिन चीन सहमत

मंगलबार, मंसिर १८, २०८१

नेपाल र चीनबीच टोखा–छहरे सुरुङमार्ग निर्माण गर्ने सहमति भएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीको चीन भ्रमणका क्रममा आज बिहान दुई देशबीच उक्त समझदारी पत्रमा हस्ताक्षर भएको हो ।

परराष्ट्र मन्त्रालयका सहसचिव कृष्णप्रसाद ढकालले प्रधानमन्त्री ओली र चिनियाँ समकक्षी ली छ्याङको उपस्थितीमा उक्त सम्झौतामा हस्ताक्षर भएको जानकारी दिए । २०७६ मा चिनियाँ प्राविधिक टोलीले गरेको प्रारम्भिक अध्ययनले सुरुङमार्ग बनाउन सकिने उल्लेख गरेको थियो ।

यद्यपि यसको काम अघि बढ्न सकेको छैन । सरकारले गत आर्थिक वर्ष काठमाडौंको टोखादेखि नुवाकोटको छहरेसम्म सुरुङमार्ग अघि बढाउने घोषणा गरे पनि प्रगति हुन नसकिरहँदा अहिले भएको समझदारीले निर्माण अघि बढ्ने आशा गरिएको छ ।

प्रकाशित मिति: मंगलबार, मंसिर १८, २०८१  १३:२१
प्रतिक्रिया दिनुहोस्