सोसल मिडिया
युनिकोड
नेपाल र चीन सरकारबीच बेल्ट एण्ड रोड इनिसियिटभ (बीआरआई) सहकार्य फ्रेम वर्कमा हस्ताक्षर भएको छ। परराष्ट्र मन्त्रालय र चिनियाँ विदेश मन्त्रालयका अधिकारीबीच बीआरआई सहकार्य फ्रेम वर्कमा हस्ताक्षर भएको हो।
नेपालले प्रस्ताव गरेको फ्रेम वर्कमा अनुदानमा बीआरआई कार्यान्वयन गर्न सकिने उल्लेख थियो। तर,चीनले अनुदानमा मात्र बीआरआई कार्यान्वयन गर्न नसकिने भन्दै नेपालको प्रस्ताव अस्वीकार गरेको थियो।
दुई पक्षीय सघन वार्तामा फ्रेम वर्कमा नेपालले लेखेको अनुदान शब्दलाई हटाएर सहायता शब्द राख्ने सहमति जुटेसँगै बुधबार हस्ताक्षर भएको हो।
बीआरआई परियोजनाअन्तर्गत ऋण समेत लिन सकिने गरी फ्रेम वर्कमा दुई पक्षले हस्ताक्षर गरेका हुन्। हस्ताक्षरसँगै नेपालले कुनै पनि चिनियाँ परियोजनामा ऋण/सहायता दुवै लिन बाटो खुलेको छ।