सोसल मिडिया
युनिकोड
जनता समाजवादी पार्टी नेपाल कानूनी रूपमै फुटेको छ। निर्वाचन आयोगले आज नयाँ पार्टीलाई मान्यता दिएपछि पार्टी विभाजन भएको हो।
उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टी नेपालबाट अलगिएर बनेको अशोक राई नेतृत्वको जनता समाजवादी पार्टीलाई निर्वाचन आयोगले आज मान्यता दिएको हो।
आयोगका सहायक प्रवक्ता रामदत्त पाण्डेयले नयाँ दललाई दर्ता गर्ने निर्णय भएको जानकारी दिए। राईसहित प्रतिनिधि सभाका ७ जना सांसदहरूले नयाँ दर्ताका लागि आइतबार आयोगमा निवेदन दिएका थिए। सो पार्टी मोहम्मद ईस्तियाक राईको पहलमा विभाजन भएको हो।