सोसल मिडिया
युनिकोड
नेकपा माओवादी केन्द्रले बिहीबार बिहानका लागि पदाधिकारी बैठक बोलाएको छ। बिहीबार बिहान साढे ८ बजे बस्नेगरी पदाधिकारी बैठक बोलाइएको हो।
माओवादीका एक नेताका अनुसार बैठक पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ निवास खुमलटारमा बस्ने तय भएको छ।
बैठकमा पार्टी निकट अखिल क्रान्तिकारीको २३ औँ राष्ट्रिय सम्मेलनबारे छलफल हुने पनि ती नेताले जानकारी दिए। गत आइतबार सम्पन्न स्थानीय तह उपनिर्वाचनमा पार्टीले पाएको सफलताबारे पनि बैठकमा छलफल हुने ती नेताले बताए।
अन्य एजेन्डाबारे भने थाहा हुन सकेको छैन।