सोसल मिडिया
युनिकोड
हिरासतमा रहेका ‘भाइरल म्यान’ दुर्गा प्रसाईंविरुद्ध अर्को पक्राउ पुर्जी जारी भएको छ ।
भारतीय गुन्डा नाइके लेरेन्स विश्नोईको नाम लिएर व्यवसायीहरूलाई धम्क्याएर पैसा मागेको आरोपमा पनि मेडिकल व्यवसायी समेत रहेका दुर्गा प्रसाईंविरुद्ध पक्राउ पुर्जी जारी भएको हो ।
व्यापारी तथा बैंकरलाई फोन गर्ने झापाका झापाका हरिचन्द्र फुयाँल पक्राउ परेका छन् । उनीसँग एकसयभन्दा बढी पटक फोनमा कुराकानी भएको रेकर्ड भेटिएपछि अनुसन्धानको लागि प्रसाईंविरुद्ध पक्राउ पुर्जी जारी भएको हो ।
प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) को अनुरोधमा काठमाडौं जिल्ला अदालतबाट प्रसाईंविरुद्ध पक्राउ पुर्जी जारी भएको हो ।
विश्नोईको नाममा धम्की दिने आरोपित युवा र प्रसाईंबीच १००भन्दा बढी कल भएको देखिएको छ । प्रसाईंकै निर्देशनमा धम्क्याएको झापाका हरिचन्द्र फुयाँलले बयान दिएका छन् ।
उनीहरूविरुद्ध आपराधिक लाभको कसुरमा अनुसन्धान अघि बढाइने सीआईबीले जनाएको छ ।