भुटानका राजा नेपाल ओर्लिए, आरजुले गरिन् मानमनितो

शुक्रबार, मंसिर २१, २०८१

भुटानका राजा जिग्मे खेसार नाम्ग्याल वाङ्चुक नेपाल आइपुगेका छन् । उनी आज (शुक्रबार) बिहान काठमाडौं आइपुगेका हुन् ।

राजा जिग्मेलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा परराष्ट्रमन्त्री आरजु राणाले स्वागत गरेकी छिन् । भारतबाट आएका उनी स्वयम्भू र बौद्धनाथको दर्शन गरेर आजै स्वदेश फर्कने कार्यक्रम छ ।

राजा जिग्मेको यो कुनै औपचारिक नेपाल भ्रमण भने होइन । उनी भारत भ्रमणका क्रममा ट्रान्जिटका लागि करिब मात्र एक–दुई घण्टा नेपालमा रहनेछन् ।

भुटानी जिग्मे राजा नेपाल आउने भएपछि विमानस्थलको सुरक्षा व्यवस्था कडा बनाइएको थियो ।

चीन र भुटानबीच सीमा विवाद रहेको छ । सो विवादमा भारतमा जोडिएको छ । सोही सीमा विवादको विषयमा कुराकानी गर्नका लागि भुटानी राजा जिग्मे भारत भ्रमणमा जान लागेको बताइएको छ ।
 

प्रकाशित मिति: शुक्रबार, मंसिर २१, २०८१  ११:१०
प्रतिक्रिया दिनुहोस्