सोसल मिडिया
युनिकोड
चार दिने चीन भ्रमण सकेर फर्किएकै दिन प्रधानमन्त्री केपी शर्मा ओलीले कांग्रेस सभापति शेरबहादुर देउवा र माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड संग बात् मारेका छन्।
प्रधानमन्त्री ओलीले हिजो साँझ सत्य निरुपण तथा मेलमिलाप आयोग र बेपत्ता छानबिन आयोगको विषयमा देउवा र प्रचण्ड संग कुरा गरेका हुन्। छलफल सत्य निरुपण तथा मेलमिलाप आयोग र वेपत्ता छानबिन आयोगको पदाधिकारी चयनका विषयमा केन्द्रित थियो । तर छलफलमा ठोस सहमति नभएको स्रोतले बतायो ।
दुवै आयोगको पदाधिकारी छनोट तथा सिफारिस समितिमा संस्थागत र व्यक्तिगत गरी १५६ जनाको आवेदन परेको छ । तीमध्येबाट आज संक्षिप्त सूची सार्वजनिक गर्ने तयारी छ । त्यसका लागि समितिको बैठक आज दिउँसो दुई बजे बोलाइएको छ ।
यता, ओली केही दिनमै क्याबिनेट हेरफेर गर्ने तयारीमा पनि छन्। जसका लागि उनले देउवाको सहमति पाएको बताईएको छ।