संघीय निजामती विधेयकमाथिको छलफल तीब्र पारिने, आउँदो अधिवेशनमा पास गरिने

शुक्रबार, मंसिर २१, २०८१

संघीय निजामती विधेयकमाथिको छलफल तीब्र पारिने भएको छ। प्रतिनिधि सभा अन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिले ‘सङ्‌घीय निजामती सेवाको गठन, सञ्चालन र सेवाका सर्त सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक’ माथि आइतबार दिउँसो १ बजे छलफल राखेको छ ।

आउँदो अधिवेशनमा टेबुल गर्ने गरि निजामती विधेयकमाथि छलफल अगाडि बढाउने तय भएको समिति सभापति रामहरि खतिवडाले जानकारी दिए ।

बिधेयक २१ फागुन २०८० मा प्रतिनिधि सभामा दर्ता भएको थियो । सैद्धान्तिक छलफल गरेर प्रतिनिधि सभाले दफावार छलफलका लागि १५ जेठ २०८१ मा राज्य व्यवस्था समितिमा पठाएको थियो ।

संघीय निजामती सेवासम्बन्धी विधेयकमा साम्सदहरुले १२४ समुहमा एक हजार ५८३ वटा संशोधन परेको छ । २०७५ सालमा प्रतिनिधि सभामा दर्ता भएको संघीय निजामती सेवा विधेयक २०७८ साल असोजमा सरकारले फिर्ता गरेको थियो । त्यसपछि प्रतिनिधि सभाको अघिल्लो कार्यकालमा संसदमा विधेयक नै आउन सकेन ।

प्रतिनिधि सभाको अबको अधिवेशनमा संघीय निजामती सेवा विधेयक पास गर्ने गरिको तयारी भएको हो। 

प्रकाशित मिति: शुक्रबार, मंसिर २१, २०८१  १२:३४
प्रतिक्रिया दिनुहोस्