तिर्थाटनपछि भुटानी राजा उतै फर्किए

शुक्रबार, मंसिर २१, २०८१

भुटानी राजा जिग्मे वाङचुक स्वदेश फर्किएका छन्। उनलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाले विदाइ गरेकी हुन्।

भारतबाट स्वदेश फर्किने क्रममा उनी शुक्रबार बिहान काठमाडौं आएका थिए। उनले स्वयम्भूनाथ र बौद्धनाथको दर्शनसहित पूजाआज गरेका थिए।

प्रकाशित मिति: शुक्रबार, मंसिर २१, २०८१  १६:११
प्रतिक्रिया दिनुहोस्