एमालेले सचिवालय बैठक बोलायो

शुक्रबार, मंसिर २१, २०८१

नेकपा एमालेले सचिवालय बैठक बोलाएको छ ।

मंसिर २५ गते मंगलबार दिउँसो ४ बजे केन्द्रीय पार्टी कार्यालय च्यासलमा बस्ने गरी बैठक बोलाइएको एमाले केन्द्रीय कार्यालयका सचिव डा.भीष्मराज अधिकारीले जानकारी दिए ।

उनका अनुसार बैठकमा पार्टी अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीको चीन भ्रमण, बीआरआई सम्झौता, स्थानीय तह उपनिर्वाचन लगायतका विषयमा समीक्षा गरिनेछ ।
 

प्रकाशित मिति: शुक्रबार, मंसिर २१, २०८१  २०:५७
प्रतिक्रिया दिनुहोस्