सोसल मिडिया
युनिकोड
सहकारी ठगी प्रकरणमा कास्की प्रहरीको हिरासतमा रहेका रवि लामिछानेलाई विभिन्न जिल्लामा बयानको लागि लगिने क्रम जारी छ ।
आज भने पर्सामा बयानको लागि लगिँदैछ । लामिछानेलाई भर्खरै पोखरा विमानस्थलबाट काठमाडौं ल्याईएको छ । काठमाडौं ल्याईएका रविलाई दिउँसो साढे २ बजेको फ्लाइटबाट सीमरा लगिनेछ ।
पर्सामा रहेको हाम्रो साईनो पाईला सहकारीको रकम अपचलनमा लामिछानेमाथि अनुसन्धान हुने भएको हो । पर्सा प्रहरीले जिल्ला अदालतबाट पक्राउको अनुमति लिईसकेको छ ।
वीरगञ्जको आदर्शनगरमा सञ्चालित सानो पाइला बचत तथा ऋण सहकारी संस्थासम्बन्धी मुद्दामा प्रहरीले लामिछानेसँग बयान लिनेछ। जिल्ला प्रहरी कार्यालय पर्साले रविसहित १४ जनाविरुद्ध जिल्ला अदालतबाट पक्राउ पुर्जी लिए अनुसन्धान थालिरहेको छ।
सोही प्रकरणमा बयान लिन प्रहरीले पूर्वडीआईजी छविलाल जोशी स्थलमार्गबाट आइतार नै वीरगन्ज पुगाइसकेको छ।
व्यवस्थित हिरासत कक्ष नभएका कारण पर्सा प्रहरीले केही व्यवस्थापन गरेर छविलाल जोशी र रामबहादुर खनाललाई जिप्रकाको महिला हिरासतमा राखेको छ। रविलाई पनि सोही कक्षमा राखिने प्रहरीको भनइ छ।
जिप्रका पछाडि अधिकृत आवास जाने बाटोसँगै रहेको महिला सेलको छेउमा महिला हिरासत रहेको र महिला कैदी नहुँदा खाली हुने भएकाले त्यसैमा रंगरोगन गरेर उनीहरूलाई राखिने प्रहरीले जनाएको छ।
जिप्रका पर्साले यसअघि भीआइपी थुनुवालाई नारायणी मेडिकल कलेजको अतिथि गृहमा राख्ने गरेको थियो।