स्याङ्जाकी सुनितालाई कांग्रेसले बनायो गण्डकी प्रदेशसभाको माननीय

सोमबार, मंसिर २४, २०८१

नेपाली कांग्रेसले स्याङ्जाकी सुनिता थापालाई गण्डकी प्रदेशसभा सदस्य बनाउने निर्णय गरेको छ । आज (सोमबार) बसेको कार्यसम्पादन समितिको बैठकले समानुपातिकतर्फको रिक्त गण्डकी प्रदेशसभा सदस्य पदमा थापालाई सिफारिस गर्ने निर्णय गरेको हो ।

प्रवक्ता प्रकाशशरण महतले रिक्त स्थानमा पदपूपर्तिका लागि निर्वाचनमा आयोगमा भएको बन्दसूचीको क्रमसंख्याअनुसार थापाको नाम आयोगलाई सिफारिस गर्ने निर्णय भएको जानकारी दिए । कात्तिक २९ मा गण्डकी प्रदेश सभा सदस्य विमला गौचनको मृत्यु भएपछि सो पद रिक्त थियो ।

प्रकाशित मिति: सोमबार, मंसिर २४, २०८१  १३:१९
प्रतिक्रिया दिनुहोस्