भारतीय गुण्डा प्रयोग गरेर धम्क्याउन पाँच लाख लगानी गरेको दुर्गा प्रसाईले स्वीकारे
दुर्गा प्रसाईंले भारतीय गुण्डा नाइके लरेन्स विश्नोईको नाममा विभिन्न ठाउँमा धम्क्याउन आफूले ५ लाख दिएको स्वीकारेका छन् ।
केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले लिएको बयानका क्रममा उनले आफूले ५ लाख दिएको स्वीकारेका हुन् । सीआईबले भारतीय गुण्डा नाइके लरेन्स विश्नोईको नाम लिएर व्यवसायीहरूलगायतलाई धम्क्याएको आरोपमा उनीसँग बयान लिएको हो ।
फर्जी कागजात सार्वजनिक गरेको अभियोगमा अनुसन्धानका लागि साइबर ब्युरोको हिरासतमा रहेका प्रसाईंसँग सीआईबीले पनि बयान लिएको हो ।
प्रकाशित मिति: सोमबार, मंसिर २४, २०८१ १९:११
प्रतिक्रिया दिनुहोस्