प्रधानमन्त्री ओलीका प्यारा भनिएका पूर्वमेयरलाई बलात्कारको बात्

मंगलबार, मंसिर २५, २०८१

प्रधानमन्त्री केपी ओलीको गृहजिल्ला झापाको बिर्तामोड नगरपालिकाका पूर्वमेयर ध्रुवकुमार शिवाकोटी पक्राउ परेका छन् । 

उनी एमाले झापाका फुर्तिला नेता पनि थिए। अनारमनी गाविसका पूर्व अध्यक्ष भएका उनी वर्तमान प्रधानमन्त्री केपी ओलीका प्यारा भनेर समेत झापामा चिनिने गरेका छन्। उनी बालिकालाई यौन दुर्व्यवहार गरेको आरोपमा पक्राउ परेको बताइएको छ ।

प्रहरीका अनुसार शिवाकोटी काँकडभिट्टामा पक्राउ परेका हुन् । हाल इलाका प्रहरी कार्यालय बिर्तामोडमा राखिएका उनीमाथि घरमा काम गर्न राखिएकी बालिकालाई यौन दुर्व्यवहार गरेको आरोप लागेको हो । झापा विर्तामोड जाँदा ओली उनै शिवाकोटीकै घरमा बस्ने गरेका थिए। प्रधानमन्त्री ओली झापामा छँदै उनी समातिएका हुन्। 

प्रकाशित मिति: मंगलबार, मंसिर २५, २०८१  १३:१५
प्रतिक्रिया दिनुहोस्