बीआरआई सम्झौताको यस्तो छ पूर्णपाठ

मंगलबार, मंसिर २५, २०८१

नेपाल सरकारले चीनसँग हस्ताक्षर गरेको बेल्ट एन्ड रोड (बीआरआई) कोओपरेसन फ्रेमवर्क सार्वजनिक गरेको छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीको चीन भ्रमणका दौरान गत डिसेम्बर चारमा दुई राष्ट्रबिच फ्रेमवर्कमा हस्ताक्षर भएको थियो । फ्रेमवर्क अन्तर्गत १० वटा परियोजनाहरुलाई समावेश गरिएका छन् । यसमा टोखा–छहरे सुरुङमार्ग, हिल्सा–सिमिकोट सडक परियोजना, किमाथांका–खाँदबारी सडक र किमाथांका पुल तथा आईसपी परियोजना, चीन–नेपाल क्रस बोर्डर रेलवे परियोजना (नेपालतर्फ) र अमरगढी सिटी हल परियोजना रहेका छन् ।

त्यस्तै, जिलोङ–रसुवागढी चिलिमे २२० केभी क्रस बोर्डर पावर ट्रान्समिसन लाइन, मदन भण्डारी विश्वविद्यालाय, काठमाडौँ साइन्टिफिक सेन्टर र साइन्स म्युजियम, चीन–नेपाल मैत्री औद्योगिक पार्क र झापा स्पोर्ट्स एन्ड एथ्लेटिक्स कम्प्लेक्स रहेका छन् ।

सम्झौतामा भनिएको छ, ‘चिनियाँ पक्षले बेल्ट एन्ड रोड संयुक्त रूपमा निर्माण गर्ने ढाँचाअन्तर्गत नेपालको विकास प्रयासलाई प्राविधिक र आर्थिक सहयोग प्रदान गर्नेछ। दुवै पक्षले प्राविधिक सहयोग सुनिश्चित गर्न र सार्वभौम प्रारम्भ गरिएका परियोजनाहरूका लागि दुवै पक्षको आवश्यकताहरू अनुरूप गर्ने सहायता मोडालिटीहरू सुनिश्चित गर्न काम गर्नेछन् ।’

सम्झौताको पूर्णपाठका लागि यहाँ क्लिक गर्नुहोस् ।

प्रकाशित मिति: मंगलबार, मंसिर २५, २०८१  १७:०१
प्रतिक्रिया दिनुहोस्