सोसल मिडिया
युनिकोड
संसदीय समितिमा ‘संघीय निजामती सेवाको गठन, सञ्चालन र सेवाका सर्त सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक’माथि छलफल जारी छ । प्रतिनिधिसभाअन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिमा आइतबारबाट दफावार छलफल भइरहेको छ ।
सांसदहरूले निजामती सेवा प्रवेशको उमेर नघटाउन माग गरेका छन्। संघीय निजामती सेवाको गठन, सञ्चालन र सेवाका सर्त सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, २०८० बारे छलफलका क्रममा सांसदहरूले यस्तो माग राखेका हुन्।
२०८० फागुनमा संसद्मा दर्ता भएको निजामती विधेयकबारे हाल संसद्को राज्य व्यवस्था तथा सुशासन समितिमा छलफल चलिरहेको छ।
समितिको बैठकमा उपस्थित सांसदहरूले सेवा प्रवेशको उमेर घटाउन नहुने तर्क गर्दै पुरानै कायम राख्नुपर्ने धारणा राखेका हुन्। समितिको बैठकमा उपस्थित प्रतिनिधि सभा सदस्य दामोदर पौडेल वैरागीले सामूहिक संशोधन प्रस्ताव प्रस्तुत गर्दै सेवा प्रवेशको उमेर महिलाका लागि ४० र पुरुषका लागि ३५ वर्ष नै कायम राख्न माग गरे। उनले श्रीमान्-श्रीमती संगै हुनुपर्ने माग पनि गरेका छन्।
नयाँ विधेयकमा सेवा प्रवेशको अन्तिम उमेर महिलाका लागि ३७ र पुरुषका लागि ३२ वर्ष प्रस्ताव गरिएको छ। नयाँ विधेयकमा प्रस्ताव गरिएको ३२ र ३७ का ठाउँमा ३५ र ४० वर्ष हुनुपर्ने सांसदहरूको संशोधन प्रस्ताव छ।
विधेयकका सबै प्रस्तावित व्यवस्थाउपर सांसदहरुले १२४ समूहमा एक हजार ५८३ वटा संशोधन हालेका छन् ।
विधेयकको प्रस्तावनामा ४७ सांसदको ३२ वटा संशोधन परेको छ । विधेयकको नाममा १५ सांसदले ७ वटा संशोधन हालेका छन् । विधेयकमाथि संशोधन प्रस्ताव दर्ता गराएकासहित सांसदसँग समितिले दफावार छलफल गरेको हो ।