सोसल मिडिया
युनिकोड
जनता समाजवादी पार्टी, नेपालका अध्यक्ष उपेन्द्र यादवले ट्रक समान भन्सार चेकबिना पास हुने तर एक किलो चिनी ल्याउँदा प्रहरीले जनतालाई यातना दिने बताएका छन्।
बुधवार प्रतिनिधिसभा अन्तर्गत अर्थ समितिमा भएको अर्थतन्त्र लगायतका विषयमा भएको छलफलमा यस्तो बताएका हुन्। उनले भन्सारका सरकारी कर्मचारीहरू जनतालाई सेवा दिनभन्दा आफ्नो लाभको लागि जाने गरेको बताए।
भन्सारमा आर्थिक चलखेल बढी हुने भएकाले कर्मचारीहरू पनि भन्सारमा जान उत्साहित हुने गरेको बताएका छन्।
यादवले भने‚ ‘दैनिक उपभोक्ता मारमा छन्। एक किलो चिनी ल्याउँदा प्रहरीले जनतालाई टर्चर दिइरहेको छ। अनि कसरी हुन्छ राजस्व संकलन? भन्सारमा आर्थिक चलखेल बढी हुने भएकाले कर्मचारीहरू पनि भन्सारमा जान उत्साहित हुन्छन्।’
उनले भन्सारमा पछिल्लो समय दैनिक उपभोग्य वस्तु एक किलो चिनी जनताले ल्याउँदा सास्ती भोग्नुपरेको बताए। उनले भन्सारमा २५ वटा ट्रक सामान आउँदा २ वटाको भन्सार लिएर बाँकी सेटिङमा छाडिदिने गरेको बताए। उनले भन्सारमा हुने चुहावट तत्काल रोक्नुपर्ने बताए।
उनले यस्तो पाराले सरकारको राजस्व संकलन लक्ष्य पूरा हुन नसक्ने बताए। उनले बैंकहरूबाट लिएको कर्जा तिर्न जान छाडेको गुनासो बैंकर्सहरूको रहेको बताए।