सोसल मिडिया
युनिकोड
सहकारी ठगी प्रकरणमा कास्की प्रहरी हिरासतमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेलाई उच्च रक्तचाप देखिएको छ।
बुधबार पर्साबाट काठमाडौं हुँदै ल्याइएपछि लामिछानेको स्वास्थ्य परीक्षण गर्दा रक्तचाप १७० (सिस्टोलिक) र १०० (डायस्टोलिक) देखिएको रास्वपाका सहकोषाध्यक्ष दीपक बोहराले जानकारी दिए।
फिस्टेल हस्पिटलमा स्वास्थ्य परीक्षण गराउँदा चिकित्सकले भर्ना गर्नुपर्छ भनेपनि लामिछाने भने हिरासतमा नै फर्किएको बताइएको छ । लामिछानेमाथि आइतबार थपिएको म्याद बुधबार सकिएपछि आज बिहीबार पुनः उनलाई म्याद थपका लागि अदालत लग्ने प्रहरीको तयारी छ ।